logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकामा १४५ सहित २८३ सङ्क्रमित थपिए, २४६ सङ्क्रमणमुक्त

स्वास्थ्य |


उपत्यकामा १४५ सहित २८३ सङ्क्रमित थपिए, २४६ सङ्क्रमणमुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । नेपालमा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाकाे पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २८३ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भइसकेकाे छ ।

देशका विभिन्न अस्पतालबाट २४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६५ हजार ६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८ भन्दा माथि उक्लेकाे थियाे ।

यस्तै साे अवधिमा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस जना पुगेका छन् ।

हाल तीन हजार २८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २८६ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

काठमाडाैं उपत्यकामा १४५ जना सङ्क्रमित थपिए

यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा १४५ जना सङ्क्रमित थपिएका छन् ।

काठमाडाैंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा नाैजना सङ्क्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?