logo
२०८० चैत्र १५ बिहीवार



हिमालपारीको गाउँ लिमीमा माइनस चौध डिग्री तापक्रममा पढाइ

शिक्षा |


हिमालपारीको गाउँ लिमीमा माइनस चौध डिग्री तापक्रममा पढाइ


राजन रावत
हुम्ला माघ १४ गते । हिमालपारीको गाउँ लिमीका दुई वटा विद्यालयमा तापक्रम माइनस चौध डिग्री सेल्सियसमा पढाइ सुचारु भइरहेको छ । कोरोना कहरका बेला पनि पढाइ बन्द नभएको लिमीका यी दुई विद्यालयमा चिसो जति भए पनि निजी श्रोतबाट शिक्षकको ब्यबस्था भएपछि पढाइ सुचारु राख्न सम्भज भएको हो ।
हिमपात पछि चिसो निक्कै बढेको भए पनि नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालापारिको गाउँ लिमीका दुई वटा विद्यालयमा पठनपाठन सुचारु रहेको हल्जी गाउँका स्थानीय ख्याण्डाप तामाङले बताउनुभयो । चिसो बढी भए पनि विद्यार्थीलाइ न्यानो कपडाको ब्यबस्था गरेर अविभावकले विद्यालयमा पठाउने ब्यबस्था गरिएको उहाँले बताउनुभयो । विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने ब्यबस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्राेतका शिक्षकबाट पठन पाठन भइरहेको हो । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस चौध डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोल तामाङले बताउनुभयो । चिसोबाट बच्ने किसिमका कपडाको ब्यवस्था गरेर पठनपाठन सुचारु राखिएको उहाँले बताउनुभयो । गाउँपालिकाभरिका अरु विद्यालयमा पठनपाठन बन्द भए पनि लिमीमा भने पढाइ सुचारु छ। यी दुवै विद्यालयमा कक्षा छसम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको ब्यबस्था भने एक जना अमेरिकन नागरिकले गर्नुभएको छ । हिउँदमा समेत विद्यालय बन्द नगरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । सुनखानीमा ५४ जना र भृकुटीमा बाह्र जना विद्यार्थी छन् । चिसो निक्कै बढे पनि विद्यालय सुचारु राख्न सफल भएको बताउदै उहाँले विधार्थी र शिक्षकलाई कपडा भने बाक्ला प्रयोग गर्न लगाइएको बताउनुभयो । सरकार शिक्षक भने गाउँमा पुगेका छैनन् । लिमीका गाउँ करिब चार हजार मिटर उचाइमा  छन् । लिमीमा बाहिरबाट जाने बाटो बन्द भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?