logo
२०८० चैत्र १५ बिहीवार



नेपाल पुलिस समक्ष एपीएफको २०४ रनको लक्ष्य

खेलकुद |


नेपाल पुलिस समक्ष एपीएफको २०४ रनको लक्ष्य
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस समक्ष २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफ पुरै ५० ओभर खेलेर नौ विकेटको क्षतिमा २०३ रनको योगफल तयार गर्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले कमजोर सुरुवात गर्दै ४३ रनमै चार विकेट गुमाउन पुग्यो । मध्यक्रममा शंकर राना र भुवन कार्कीले संयमित  पारी खेल्दै ऊ सामान्य योगफलसम्म अग्रसर हुन सफल भयो ।
नेपाल पुलिसका लागि आरिफ शेषले मात्र १० ओभरमा ३१ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?