logo
२०८० चैत्र १६ शुक्रवार



सांस्कृतिक बन्दै गोरु जुधाइ मेला

प्रदेश |


सांस्कृतिक बन्दै गोरु जुधाइ मेला



हेमनाथ खतिवडा
रसुवा, माघ १ गते । यस वर्ष गोरुजुधाइ प्रदर्शनी तथा माघे संक्रान्ति मेला कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । यसपटक बेत्रावतीको ढांडेबगर मैदानमा १० वटा गोरुले आफ्नो क्षमताको प्रदर्शनी गरी सहभागीलाई मनोरञ्जन प्रदान गरे । जित्ने गोरुधनीलाइ आयोजक गोसाइँकुण्ड युवा क्लबको तर्फबाट किसानहरुको हौसला स्वरुप जनही ५ हजार रुपियाँ हार्ने गोरुका किसानले चार हजार रुपियाँ पाएका थिए ।
कोरोना भाइरसको कुनै पर्वाह नगरी आसपसका क्षेत्रबाट हजारौं दर्शकहरू गोरुजुदाइ हेर्न बेत्रावती झरेका थिए । दर्शकहरू पोहोर सालको भन्दा निकै कम उपस्थिति देखिन्थ्यो । क्लबले माघे संन्क्रान्ति मेलाका अवसरका बेला पारी आज बेत्रावती नुवाकोट तर्फका ६० वर्ष उमेर कटेका २४ जना बृद्धअवश्थाका बृद्धाहरुलाइ जाडोको बेला न्यानोकपडा स्वरुप सिरक(कम्बल बितरण समेत गरेका थिए । आजै क्लबले नुवाकोट ब्लडबैंकको सहयोगमा रक्तदान कार्यक्रम पनि राखेको थियो । उक्त कार्यक्रममा १९ जना रक्तदान गरेका स्थानीय गणेश श्रेष्ठले बताउनुभयो ।

परापुर्व कालमा माघे संक्रान्तिका दिन बेत्रावतीका स्थानीय बासिन्दाहरुले खेतका गह्राहरुमा बिहानको घ्यू चाकु, तरुल, सेल लगायतका अन्य भोजका परिकार बनाइ खाने आफ्नो थलोमा पालिएका बलिया बहर गोरुहरुलाइ फाँटमा मनोरञ्जनकालागी गोरु जुधाउने चलन थियो । त्यही साँस्कृतिक परम्परालाइ विगत२०६० सालदेखि स्थानीय गोसाइँकुण्ड युवा क्लबले ब्यवस्थापन गरी मेलाको रुपमा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ !
आजको कार्यक्रममा प्रमुख अतिथीका रूपमा उतरगया गाउपालिका–५ कैदलीटार रसुवाको बृद्धा किसान् भैरबबहादुर थापा मगर रहनु भयो साथै बिशेष अतिथि बिदुर नगरपालिका वडा १० का अध्यक्ष गणेशकुमार नेपालले आफ्नो शुभकामना दिनुभयो ।
झन्डै १० रोपनीको ठूलो चौर चारैतिबाट मानिसले घेरा हालेका छन् । मानिसको गोलो घेराभित्र घमासान लडाइँ हुदै छ । कहिले एउटाले पछार्ने, कहिले अर्कोले । हेर्ने दर्शक रमाइलो मानेर चिच्याउँदै छन् । हँुदाहुँदै एउटा भाग्यो, अर्को विजयी घोषित भयो ।नुवाकोट र रसुवाको संगलस्थल बेत्रावतीमा गोरुजुधाइ मेलाको दृश्य हो यो । रसुवा, नुवाकोट र धादिङमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाउने परम्परा छ । माघेसङ्क्रान्ति उत्सवअन्तर्गत एक संस्कृति नै बनेको छ– गोरुजुधाइ मेला । गाउँलेले आ–आफ्नो गोरुलाई एक–आपसमा जुधाउँछन् । विजेता गोरुको मालिकले पुरस्कारसमेत पाउँछन् ।
कसरी सुरु भयो गोरुजुधाइ मेला ?
नेपाल–तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावतीनजिकै ढुङ्गामा बसेर सन्धि भएको थियो । नेपाल र तिब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशुझैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय बताउँछन् । त्यही बेलादेखि बूढापाकाले माघ १ गते गोरु जुधाएर रमाइलो गर्ने परम्परा बस्यो । गोसाइँकुण्ड क्लबले ०५३ सालदेखि त्यसलाई व्यवस्थित गर्दै आएको छ ।
स्थानीयका अनुसार तारुकाको गोरु जुधाउने जात्रा सयौँ वर्ष पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको समयदेखि यो निरन्तर चलिरहेको छ । सिंह मावली गाउँ तारुका आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेको र पछि त्यो परम्परा नै बनेको उनीहरूको भनाइ छ । विगतमा तारुकाको कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा हुने गोरुजुधाइ मेला एक दशकयता सबै ठाउँकालाई समेटेर तारुका–५ चन्दनीमा हुँदै आएको छ । जात्रामा नुवाकोट, धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट सयौँ दर्शक आउने गर्छन् ।
परम्परमको जगेर्ना गर्न यस्तो कार्यक्रम आयोजना गरिएको सभापति क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?