logo
२०८१ बैशाख १२ बुधवार



एकहजार २५५ सङ्क्रमित थपिए, कुल दुईलाख ३१ हजार ९७८ पुग्याे

स्वास्थ्य |


एकहजार २५५ सङ्क्रमित थपिए, कुल दुईलाख ३१ हजार ९७८ पुग्याे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार २५५ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । नेपालमा अहिलेसम्म एकलाख ५१ हजार ४९७ जना पुरुष र ७९ हजार २२६ जना महिलामा संक्रमण भएको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

पछिल्लो चौबीस घण्टामा नौ हजार ९०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म १७ लाख २७ हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४०४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९१.५ प्रतिशतमा उक्लेको छ ।


मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?