logo
२०८१ बैशाख १३ बिहीवार



सक्रिय सक्रमितको संख्या घट्दै, जोखिम भने टरेको छैन

स्वास्थ्य |


सक्रिय सक्रमितको संख्या घट्दै, जोखिम भने टरेको छैन


केशवराज पौडेल
काठमाडौं, मंसिर १३ गते । विगत १० दिनको अवधिमा नेपालका सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या घटेको छ । सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।
मंसिर २ गते प्रदेश नंम्बर १ मा सकृय संक्रमितको सख्या तीन हजार ४८१ जना रहेकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ६६२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसअघि नै मंसिर लागेसँगै कोरोना संक्रमणको दर कम हुने बताउनुभएको थियो । १० दिनमा कोरोना संक्रमणको दर हेर्ने हो भने प्रदेश १ मा  ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ । प्रदेश नं १ मा मंसिर २ गते झापामा सकृय संक्रमित ७९५ जना रहेकोमा त्यो घटेर ५६६ जनामा आएको छ । मोरङमा एक हजार २९३ जना सृकय संक्रमितको सख्या घटेर ४३४ मा झरेको छ । यो जिल्ला कुनै समय कोरोनाको हटस्टपको रुपमा देखिएको थियो । त्यस्तै ९२३ जना सकृय संक्रमित रहेको सुनसरीमा १० दिनको बिचमा संख्या घटेर ३४० जनामा आएको छ ।
प्रदेश नं २ ले कोरोना संक्रमणलाई नियन्त्रण लिने प्रयासमा छ । कुनै समय नेपालकै सबैभन्दा धेरै सकृमित रहेको प्रदेशको यो प्रदेशमा मंसिर २ गते ७१९ सकृय संक्रमित रहेकोमा मंसिर ११ आइपुग्दा ३४३ जनामा झरेको छ । यो निक्कै राम्रो सन्देश रहेको सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।
कोरोनाको हटस्पट बन्दै ठूलो समस्याको रुपमा देखिएको बागमती प्रदेशले पनि संकृय संक्रमितको संख्या घटाएको छ । मंसिर २ गतेसम्म यो प्रदेशका काठमाडौंै, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवनमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेकोमा मंसिर ११ गते संख्यामा कमी आएको छ ।
मंसिर २ र ११ गतेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तंथ्याङ्गलाई विश्लेषण गर्दा यो प्रदेशमा आठ हजार १५८ जना संक्रमित निको भएका छन् । यो प्रदेशको काठमाडौं,भक्तपुर र ललितपुरमा मात्रै सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ ।
कुनै समय गण्डकी प्रदेशका केही जिल्ला बाहेक धेरै जिल्लामा संकृय संक्रमितहरुको संख्या ह्वात्तै बढेको थियो । तर मंसिर २ गते र मंसिर ११ गतेको बिचमा यो प्रदेशमा एक हजार ३९९ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । यो प्रदेशमा मंसिर २ गते सकृय संक्रमितको सख्या तीन हजार २३ रहेकोमा अहिले त्यो संख्या घटेर एक हजार ६२४ जना सकृय संक्रमित छन् । यो प्रदेशमा कास्कीका मात्रै पाँच सयभन्दा धेरै सकृय संक्रमित छन् ।
मंसिर २ गते प्रदेश नं ५ का दाङ, पाल्पा र रुपन्देहीमा सकृय संक्रमितको सख्या पाँचसयभन्दा धेरै थियो । तिहारपछि एक्कासि सबै जिल्लाहरुमा संक्रमणको दर घटेको हो । यो प्रदेशका कुनै पनि जिल्लामा सकृय संक्रमितको संख्या पाँच सयभन्दा कम छ । यो प्रदेशमा दश दिनअघि सकृय सक्रमितहरु तीन हजार ३७९ रहेकोमा त्यो संख्या घटेर एक हजार ६०७ रहेको हो ।
कर्णाली प्रदेशले कोरोना परास्त गर्ने क्रममा छ । दश दिनअघि तीन अंकमा रहेको कोरोना संक्रमणको दर अहिले घटेर दुई अंकमा झरेको छ । दशदिनअघि २२० सकृय संक्रमित रहेको यो प्रदेशमा कुल संक्रमितको संख्या ८० मा झरेको हो ।
सुदुरपश्चिम प्रदेशले पनि सकृय संक्रमितको संख्यामा निक्कै स्ुधार गरेको छ । मंसिर २ गते एक हजार ४९ सकृय संक्रमित देखिएको यो प्रदेशमा मंसिर ११ गते सकृय संक्रमितको संख्या ५१० जनामा झरेको छ ।
मंसिर २ गते सकृय संक्रमितको संख्या ३० हजार ९८६ रहेकोमा मंसिर ११ गते त्यो सख्या १६ हजार ७९३ मा झरेको छ । मृत्यु हुने संख्यामा भने बृद्धि भएको छ । मंसिर २ गते एक हजार २४७ जनाको मृत्यु भएकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ४१२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता अधिकारीले देशव्यापि रुपमा संक्रमितको संख्यामा कमी आएको जस्तो ट्रेन देखिए पनि अहिले नै यसबारे बोल्न हतार गर्न नहुने बताउनुभयो । जाडोको समयमा कोरोनाको जोखिम उच्च रहने भएकाले कोरोना संक्रमितको सख्यामा बृद्धि हुनसक्ने उहाँले बताउनुभयो । ‘हामी सबैले सामाजिक दूरी कायम गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने बारे सबैले ध्यान दिनु आवश्यक छ ’ उहाँले भन्नुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?