logo
२०८१ बैशाख १३ बिहीवार



एक हजार ३८० थपिए, सक्रिय सङ्क्रमित १८ हजार ८३

स्वास्थ्य |


एक हजार ३८० थपिए, सक्रिय सङ्क्रमित १८ हजार ८३


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ३८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब नौ हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १८ हजार ८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ११ हजार १८६ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६१८ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?