logo
२०८० चैत्र १६ शुक्रवार



एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८

स्वास्थ्य |


एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ७ गते ।नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यसै गरि ५ हजार ६९९ जना निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा .गौतमले निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहेको बताउनुभयो । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?