logo
२०८१ बैशाख ८ शनिवार



बार्सिलोनाको लगातार तेस्रो हार, एटलेटिको मड्रिडको अपराजित यात्रा जारी

खेलकुद |


बार्सिलोनाको लगातार तेस्रो हार, एटलेटिको मड्रिडको अपराजित यात्रा जारी
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ७ गते । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ । एटलेटिकोका व्यवस्थापक डिआगो सिमोनले ला लिगामा १८ औं प्रयासमा बार्सिलोनामाथि जित हात पार्न सफल भयो ।
बार्सिलोनामाथि जितसँगै एटलेटिकोले शिर्ष स्थानको रियल सोसिडाडसँग अङ्क बराबरी गरेको छ । बार्सिलोना भने शिर्ष स्थानको दुबै टोलीसँग नौ अङ्कले पछाडि परेको छ । ऊ अङ्क तालिकाको दशौं स्थानमा छ । बार्सिलोनाको ला लिगामा लगातार तेस्रो हार हो । एटलेटिको भने लगातार २४ औं खेलमा अपराजित रह्यो ।
यानिक करास्कोले गर्नुभएको एक मात्र गोल एटलेटिकोलाई बार्सिलोनामाथि जित हात पार्न पर्याप्त् रह्यो । हाफ टाइम अघिको अतिरिक्त समयमा यानिकले गर्नुभएको प्रहार बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टिजनलाई छिचोल्दै गोलमा परिणत भयो । बार्सिलोनाका डिफेन्डर जिर्राड पिक भने घाइते भएर दोस्रो हाफमा मैदानबाट बाहिरिनुभयो ।
बार्सिलोनाका पिकको दाहिने घुँडामा चोट लागेको थियो । उहाँ कम्तिमा छ महिनाको लागि मैदान बाहिर बस्नुपर्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?