logo
२०८१ बैशाख ७ शुक्रवार



टट्नहम हर्ट्स्परबाट म्यान्चेष्टर सिटी पराजित

खेलकुद |


टट्नहम हर्ट्स्परबाट म्यान्चेष्टर सिटी पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ७ गते । टट्नहम हटर््स्पर प्रिमियर लिगको शिर्ष स्थानमा उक्लेको छ । गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर सिटीमाथि जित हात पारेको टट्नहम नौ खेलबाट २० अङ्क बटुलेको छ । आठ खेलबाट १२ अङ्क बटुलेको सिटी भने अङ्क तालिकाको १२ औं स्थानमा छ ।
टट्नहम हट्स्परले म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्यो । टट्नहमका लागि पाँचौं मिनेटमा सोन हिउगं मिनले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । म्यान्चेष्टर सिटीले पहिलो हाफमा गरेको गोल भिडियो रिभ्युले अस्वीकार गरेपछि ऊ बराबरीको अवसरबाट चुकेको थियो । सिटीका लागि ऐमेरिक लार्पोटेले गर्नुभएको प्रहार गेब्रिल जिससको हातले छुँदा टट्नहमको गोलपोष्ट भेटाएपछि रिभ्युले गोलको मान्यता पाएन ।
६५ औं मिनेटमा जिओभानी लो सेल्सोले एडरसनलाई छिचोल्दै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि टट्नहमले गोल अग्रतालाई दोब्बर बनायो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?