logo
२०८० चैत्र १६ शुक्रवार



५७० थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त

स्वास्थ्य |


५७० थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ११ गते।  नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ । हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?