logo
२०८१ बैशाख ८ शनिवार



थप एक हजार ७४१ जना सङ्क्रमण, चार हजार पाँच जना निको भए

स्वास्थ्य |


थप एक हजार ७४१ जना सङ्क्रमण, चार हजार पाँच जना निको भए


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । विगत चौबीस घण्टामा एक हजार ७४१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै सङ्क्रमित संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । यस्तै पछिल्लो चौबीस घण्टामा चार हजार पाँच जना निको हुनुभएको छ । कुल निको हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको छ ।
यस्तै सक्रिय सङ्क्रमितको संख्या ४३ हजार २९३ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १५ रहेको र कुल मृतक संख्या ८६२ रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?