logo
२०८१ बैशाख ८ शनिवार



भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु
तस्विर-फाइल


नयाँदिल्ली, कात्तिक ७ गते। भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
भारतमा शुक्रबारसम्म एक लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा एक लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ ।
अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा एक लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । कर्नाटकमा दश हजार ६९६ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करिब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा एक हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोनाभाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोनाभाइरसका करिब १० करोड नमूना परीक्षण गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?