logo
२०८१ बैशाख १२ बुधवार



बागलुङका सांसदको दशै भत्ताः पाठकले नलिने, पौडेलले बाढी पीडितलाई दिने

प्रदेश |


बागलुङका सांसदको दशै भत्ताः पाठकले नलिने, पौडेलले बाढी पीडितलाई दिने


नवीन शिशिर विक
बागलुङ, कात्तिक २ गते । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रतीनिधित्व गर्ने संघीय सांसद देवेन्द्र पौडेलले दसैं भत्ता बापत प्राप्त हुने दशै भत्ता रकम ढोरपाटनका बाढीपीडितलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
सांसद पौडेलले दसैं खर्च बापत पाउने ६४ हजार रूपियाँ परिवार विहिन, घरवार बिहीन बाढी पिडितको लागि खर्च गर्ने सामाजिक संजालमार्फत घोषणा गर्नु भएको हो । ‘मलाई दशैं भत्ता स्वरुप आएको रकम भुजिखोला बाढी पीडितलाई हस्तान्तरण गर्नेछु ।’ सांसद पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
यस्तै, बागलुङ क्षेत्र नम्बर(१ का सांसद डाक्टर सुर्य पाठकले दशै खर्च बापतको भत्ता रकम नलिने बताउनु भएको छ । बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दशै भत्ता स्वरुप आफ्नो खातामा आएको फिर्ता गरेको बताउनुभएको छ ।
आइतबार संघीय सांसद सचिवालय सिंहदरबार पुगेर सांसद पाठकले आफ्नो खातामा दाखिला भएको ६४ हजार ७० रूपियाँ सरकारी कोषमा दाखिला गर्नका लागि निवेदन दिएको पाठकले जनाउनुभयो ।
‘आधिकारीक रुपमा दशै भत्ता फिर्ता गर्नका लागि निवेदन दिएर रकम फिर्ता गर्न तोक लगाएर फर्केको छु’ पाठकले भन्नुभयो ‘कोरोनाका कारण देशमा आर्थिक संकट भएको समयमा आफूले प्राप्त गरेको दशै भत्ता फिर्ता गरेको छु ।’ देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दशै भत्ता स्वरुप आफ्नो खातामा आएको फिर्ता गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?