logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश नं. २ मा ३७ जना नयाँ संक्रमित थपिए

फिचर |
खुला |


प्रदेश नं. २ मा ३७ जना नयाँ संक्रमित थपिए



प्रदेश २ व्युरो
जनकपुरधाम, कात्तिक २ गते । प्रदेश नं. २ मा आइतबार ३७ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । शनिबार २२७ जनामा संक्रमण पुष्टि भएकोमा आज संक्रमण एकासी पुनः घटेको छ । परीक्षणको दायरा अनुसारले संक्रमण बढ्ने घट्ने क्रम जारी छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित निर्देशक विजयकुमार झाका अनुसार प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार ८८४ पुगेकोे छ ।
सप्तरीमा१३ जना, धनुषामा एक जना, महोतरीमा दुई जना, सिरहामा एक जना, बारामा सात जना, पर्सामा पाँच जना, रौतहटमा दुई जना र अन्य दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं. २ मा एक जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका वार्ड नं.५ का एक जना ७० वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रदेश नं. २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ६१ पुगेको छ ।
उहाँले प्रदेश नं. २ मा गत २४ घण्टामा २४ जना महिला र ८८ जना पुरुष गरी ११२ जना कोरोनाको संक्रमणबाट संक्रमण मुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । यो सँगै प्रदेश नं. २ मा कोरोनालाइ जितेर घर फर्किनेको संख्या १२ हजार ९०६ जना पुगेको निमित्त निर्देशक झाले जानकारी दिनुभयो । हाल प्रदेश नं. २ मा कोरोना भाइरसका एक हजार ८१७ जना सक्रिय संक्रमित रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?