logo
२०८१ बैशाख ७ शुक्रवार



काठमाडौं उपत्यकामा एक हजार ७४६ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ७४६ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७४६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४५१ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार १६७ सङ्क्रमित थपिएका छन् । १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?