logo
२०८० चैत्र १६ शुक्रवार



कात्तिक ७ गतेबाट विदेशी च्यानलमा क्लिनफिड लागू हुन्छ :प्रधानमन्त्री

मुख्य समाचार |


कात्तिक ७ गतेबाट विदेशी च्यानलमा क्लिनफिड लागू हुन्छ :प्रधानमन्त्री


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेबाट नेपालमा प्रशारण हुने विदेशी च्यानलहरु विज्ञापनर रहित (क्लिन फिड) लागू हुने बताउनु भएको छ ।
हालै गठन भएको मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारको टिमलाई बधाइ ज्ञापन गर्दै सो कुराको जानकारी गराउनु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
भेटमा प्रधानमन्त्रीले सूचनाको हक सम्बन्धी कानुन अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट पार्दै पारस्परी सहयोगका साथ अघि बढ्न आग्रह गर्नु भएको थियो ।
साथै प्रधानमन्त्रीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरुमा संभव सहयोग र संरक्षण हुने बताउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?