logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्दै

मुख्य समाचार |


नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्दै
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गत आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक आज बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
आजको बैठकमा पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस अतिरिक्त संवैधानिक निकायमा गर्न बाँकी रहेको नियुक्ति, नेकपा केन्द्रीय कमिटी सदस्यहरुको पारिश्रमिकलगायतका विषयमा समेत छलफल हुने कार्यसूची तय गरिएको छ ।
आइतबार ४ गते बसेको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा केन्द्रित भएर छलफल भएको थियो । सोही विषयमा थप छलफल गर्न सोमबार अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो । त्यस विषयमा सचिवालयका सदस्यहरुले राय सुझाव दिइसक्नुभएकाले मन्त्रि परिषदमा जाने मन्त्रीहरुको निक्र्यौल दुई अध्यक्षले लगाउने जिम्मा सचिवालय बैठकले दिएको छ ।
सरकारको कामलाई थप प्रभावकारी बनाउन केही नयाँ मन्त्री थप्ने र राम्रो काम गरेका मन्त्रीहरुलाई कायमै राख्ने तयारी नेकपाले गरेको छ । पार्टी एकताको बाँकी कामलाई असोज मसान्तभित्र टुङ्गो लगाउने अध्यक्षद्वयले संकल्प गर्नुभएकाले आजको बैठकमा त्यस विषयमा ठोस छलफल र निर्णय हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?