logo
२०८० चैत्र १५ बिहीवार



मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई र शान्ति ठटाललाई ‘जगदम्बा–श्री’ पुरस्कार

कला |


मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई र शान्ति ठटाललाई ‘जगदम्बा–श्री’ पुरस्कार


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । मदन पुरस्कार गुठीद्वारा वितरण गरिने यस वर्षको मदन पुरस्कार उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ । त्यस्तै, जगदम्बाश्री पुरस्कार संगीतकार शान्ति ठटाललाई दिने निर्णय गुठीले गरेको छ ।
आइतबार बसेको गुठीको बैठकले सो निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । उहाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “२०७६ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट महारानी ९उपन्यास० का लागि श्री चन्द्रप्रकाश बानियाँलाई मदन पुरस्कार २०७६ अर्पण गर्ने निर्णय ग¥यो ।”
२०७६ सालमा प्रकाशित १५१ वटा पुस्तक गुठीलाई प्राप्त भएकोमध्ये सात वटा पुस्तकलाई पुरस्कारका लागि सूचीमा राखिएको गुठीले जनाएको छ । सात पुस्तकमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गनाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु’ ९खण्ड १–३०, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ थिए ।
वि।सं। २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीलाई ‘हाम्रो लोकसंस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ कृतिलाई सो पुरस्कार अर्पण गरिएको गुठीका अध्यक्ष दीक्षितले जानकारी दिनुभयो ।
अध्यक्ष दीक्षितद्वारा जारी विज्ञप्तीअनुसार २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरुप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको थियो । हरेक वर्ष एक पुस्तकलाई मदन पुरस्कार र एकजना व्यक्ति वा संस्थालाई जगदम्बाश्री पुरस्कार गुठीले अर्पण गर्दैआएको छ । पुरस्कारको राशी चार लाख रुपियाँ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?