logo
२०८१ बैशाख १२ बुधवार



पुनर्निर्माणपछि रूप फेरियाे बझाङको देवल विमानस्थलको

फिचर |
पर्यटन |


पुनर्निर्माणपछि रूप फेरियाे  बझाङको देवल विमानस्थलको


शैलेन्द्र रोकाया
बझाङ, असोज ४ गते । झण्डै एक दशकदेखि बन्द रहेको जयपृथ्बी नगरपालिका देवलमा रहेको देवल विमानस्थलको पुननिर्माण कार्य सकिएको छ । बन्द अवस्थामा रहेको विमानस्थलको कालोपत्रे गरि वरिपरि घेरवार लगाउने काम र नाली निमार्णको काम सकिएको हो ।

विमानस्थल सुचारु गर्न पटक–पटक यहाँका स्थानीयबासीले दवाप दिएपछि विमानस्थलामा जहाज आवत जावत गर्न सकिरहेको थिएन् । यहाँका स्थानीय तथा जनप्रतिनिधीहरुले डेलिकेसन सहित दवाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि बोलपत्र आह्वान गरि निर्माणकार्यलाई अगाडी बढाएको थियो । झण्डै ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा लिएको थियो । कोरोना भाइरसका कारण लामो समयसम्म देशमा लकडाउन भएपछि विमानस्थल निर्माणको काम प्रभावित भएको थियो । ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलका अनुसार विमानस्थल निर्माणको कामको अन्तिम समय गएको बैशाखमा भए पनि कोरोना भाइरसका कारण सम्पन्न गर्न नसकेकाले दशैँसम्म जहाज चल्ने गरेर हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

बिमानस्थलको करिब ६ सय ५० मिटर रनवे कालोपत्रे गरिसकेको ,वरिपरिको नालीको काम सकिएको बनाउने काम, अब विमानस्थलको साईड फिलिङको काम मात्र समेत सकिएको छ । असोजको दोस्रो साताभित्र परीक्षण उडानको तयारी भइरहेको उहाँको भनाई छ । नागरिक उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकीने तथा एरपोर्ट सुचारु हुने सक्ने छ । लामो समयदेखि बन्द अबस्थामा रहेको विमानस्थल सुचारु भएपछि यहाँका स्थानीयहरुलाई निकै राहत मिल्नेछ ।

समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय देब खड्काले बताउनुभयो । हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन । विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको जिल्लाको पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन ब्यवसायि किशोर खड्काले बताउनुभयो । उहाँले साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोवर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहको समेत वृद्धि आशा गरिएको छ ।

२०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् । केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । द्वन्द्वकालमा माओबादीले दुईपटक बिमानस्थलको टावरमा बम बिस्फोट गराएपछि सुरक्षा अभावसँगै बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?