logo
२०८० चैत्र १५ बिहीवार



भारतमा एकैदिन ९२ हजार ६०५ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन ९२ हजार ६०५  सङ्क्रमित
तस्विर-फाइल


नयाँदिल्ली, असोज ४ गते।
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै छन् । भारतमा सङ्क्रमितमध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् ।
प्रदेश अनुसार सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना सङ्क्रमित अवस्थामै छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमित छन् ।
त्यसैगरी आन्ध्रप्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिले पनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।
भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?