logo
२०८० चैत्र १५ बिहीवार



विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध
तस्विर-फाइल


बेइजिङ, असोज ३ गते।
संयुक्त राज्य अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताउनुभएको छ ।
अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहो¥याइएको छ ।
चीनले प्रभूत्व गतिबिधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने प्रवक्ताले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?