logo
२०८० चैत्र १६ शुक्रवार



बहराइनका राजदूत सुन्दासद्वारा संविधान दिवसको शुभकामना व्यक्त

विदेश |


बहराइनका राजदूत सुन्दासद्वारा संविधान दिवसको शुभकामना व्यक्त


गोरखापत्र लाइन 

काठमाडौं,असोज ३ गते । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले छैटौँ संबिधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाली जनताको लामो बलिदान र संघर्षपछि संबिधान सभाद्धारा जारी भएको नेपालको संबिधान २०७२ को ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्दै बहराइनमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

राजदूत सुन्दासले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा आफनो अमुल्य जीवनको आहुती दिनु हुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ । उक्त संविधानले सामन्ती निरंकुश र केन्द्रिकृत राज्य व्यबस्थाद्धारा सिर्जित सवै प्रकारका विभेद उत्पिडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता यूक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले विश्वव्यापी कोभिड १९ को महामारीबाट हामी कोहि पनि अछुतो छैनौं । बहराइनमा समेत यसको असर देखिएको बताउँदै राजदूत सुन्दासले उच्च मनोबलका साथै बहराइन सरकारबाट अपनाइएका बिना भेदभाव विश्वव्यापी रुपमा प्रशंसनीय चिकित्सा उपचारले सबै सकुसल काममा फर्केको अवस्था रहेको बताउनुभयो ।

उहाँले कोभिडको जोखिम न्यूनिकरणका लागि बहराइन सरकारले चालेको कदमलाई सह्राना तथा आभार व्यक्त गर्नुभएको छ । विगत देखि नेपाल र बहराइन अधिराज्य विचमा भएको न्यानो घनिष्ट कुटनैतिक सम्बन्ध आउने दिनमा अझ प्रगाढ बन्दै जाने राजदुत सुन्दासले विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?