logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ६१८ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ६१८ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १ गते । काठमाडौं उपत्यकाका ६१८ मा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६१८ जना सङ्क्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना सङ्क्रमित भएका हुन् । सङ्क्रमित हुनेमा काठमाडौंमा १६४ महिला र ३४३ पुरुष छन् । ललितपुरमा ३१ म्हिला र ३० पुरुष तथा भक्तपुरमा २९ महिला र २१ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार ६४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । हाल १६ हजार २४१ ज्नामा सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । एक हजार २४३ जना सङ्क्रमित पछिल्लो चौबीस घण्टामा निको भएर घर फर्केका छन् । देशैभरि चौबीस घण्टामा एक हजार २४६ जना सङ्क्रमित थपिदा कुल सङ्क्रमित ५९ हजार ५७३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?