logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ७३७ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ७३७ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयले काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । काठमाडौंमा २१६ महिला र ४३६ पुरुष, ललितपुरमा २४ महिला र ३६ पुरुष र भक्तपुरमा १३ महिला र १२ पुरुष सङ्क्रमितको पुष्टि भएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार २९४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । चौबीस घण्टामा एक हजार ६८ जना सङ्क्रमित निको भई सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?