logo
२०८१ बैशाख १३ बिहीवार



काठमाडौं उपत्यकाका ६७६ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकाका ६७६ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३० गते । काठमाडौं उपत्यकामा कोभिड–१९ का ६७६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६७६ जना सङ्क्रमित थपिएको हो ।
मन्त्रालयले सबैभन्दा बढी काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा १६९ जना महिला र ३८७ जना पुरुष, ललितपुरमा १६ जना महिला र १९ जना पुरुष तथा भक्तपुरमा ३७ जना महिला र ४९ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?