logo
२०८१ बैशाख १२ बुधवार



काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा ४३ र भक्तपुरमा २९ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १४१ महिला र २९९ पुरुष, ललितपुरमा २८ महिला र १५ पुरुष तथा भक्तपुरमा ११ महिला र १८ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ८७९ जना कोरोनाभाइरस सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म ३९ हजार ५७६ जना कोरोनामुक्त भएका छन् । कोरोना सङ्क्रमित निको हुने दर ७१.५ प्रतिशत पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?