logo
२०८१ बैशाख ७ शुक्रवार



जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

अन्तर्राष्ट्रिय |


जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
तस्विर-अलजजिरा


टोकियो, भदौ २७ गते। जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।
भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?