logo
२०८० चैत्र १५ बिहीवार



कोरोना विजेता स्वास्थ्यकर्मी

शनिवार |


कोरोना विजेता स्वास्थ्यकर्मी


सरोज ढुंगेल

विराटनगरस्थित एक अस्पतालमा कार्यरत एकजना नर्स कोरोना सङ्क्रमित भएर यतिखेर निको भइसक्नुभयो । पाँच वर्षअघिदेखि उहाँ विराटनगरको उक्त अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँको गुनासो सुन्दा लाग्छ कोरोना सङ्क्रमित हुनु भनेको ठूलो पाप नै गर्नु हो । अस्पतालका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँलगायत अस्पतालमा कार्यरत व्यक्तिहरूको स्वाब सङ्कलन गरिएको थियो । त्यहीबेला उहाँलाई कोरोना पोजेटिभ देखियो । कुनै लक्षण नभएपछि उहाँलाई ‘होम आइसोलेसन’मै बस्ने रहर थियो तर त्यतिबेलाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमले उहाँ जबर्जस्ती अस्पतालमै बस्नुपर्याे ।

परिवारलाई भनिनँ
दश दिनको अस्पताल बसाइमा उहाँले आफ्नै साथीहरू अर्थात् स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार पाउनुभएन । स्वास्थ्यकर्मीको व्यवहारले दिक्क भएपछि उहाँलगायत अन्य सङ्क्रमितले कोशी अस्पताल अन्तर्गतको कोभिड अस्पतालका प्रमुखसमक्ष उजुरी नै गर्नुप¥यो । उजुरीपछि उनीहरूको व्यवहार सुध्रिँदै गयो । उहाँले आफ्नो कोरोना अनुभव सुनाउँदै भन्नुभयो, ‘सङ्क्रमित स्वास्थ्यकर्मीलाई त उपचारमा खटिने स्वास्थ्यकर्मीबाटै घृणा हुन्छ भने अरू सङ्मितले कस्तो व्यवहार भोग्नुपरेको होला !’ आफ्नै साथीभाइको व्यवहार यस्तो भएपछि उहाँले आफू सङ्क्रमित भएको कुरा श्रीमान्बाहेक परिवारका अन्य सदस्यलाई अहिलेसम्म भन्नुभएको छैन । परिवारलाई भनेपछि सबैतिर पैmलिने डरले उहाँले यो कुरा लुकाउनुभएको हो । साउन २१ गते उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । त्योबेला उहाँ सात महिनाकी गर्भवतीसमेत हुनुहुन्थ्यो ।
अहिलेसम्म पाँच सयभन्दा धेरै स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भइसकेका छन् । अस्पतालका निर्देशकदेखि सफाइकर्मीसम्मलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना उपचार हुने र नहुने दुवैथरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सङ्क्रमित भइरहेकै छन् । सरकार मातहत रहेका वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य वज्ञान प्रतिष्ठान, कोशी अस्पताल, भेरी अस्पताललगायत अस्पतालमा कार्यरत धेरै स्वास्थ्यकर्मी यतिखेर ‘आइसोलेसन’मा छन् । यीबाहेक निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका पनि छन् ।
सङ्क्रमितको घर भनी ब्यानर झुन्ड्याए
रत्ननगर अस्पताल (बकुलर) टाँडीका प्रमुख डा. विश्वबन्धु बगाले पनि गत साउन २५ गते कोरोना सङ्क्रमित हुनुभएको थियो । उहाँलाई कुनै पनि लक्षण देखिएन । ल्याबका साथीहरूले चिकित्सक मान्छे सधैँ बिरामी जाँच्नुपर्छ भनेर कर गरेको हुनाले स्वाब दिनुभएको थियो । उहाँलाई कोरोना पोेजेटिभ देखियो । त्यसपछि उहाँ ‘होम आइसोलेसन’मै बस्नुभयो । उहाँसगै उहाँकी श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखियो । ‘होम आइसोलेसन’मा बस्ने क्रममा उहाँका छिमेकी अर्थात् टोलसुधार समितिका केही प्रतिनिधि आएर यो कोरोना सङ्क्रमित डाक्टरको घर हो भनेर ब्यानर पनि टाँसे । पछि त्यो कार्यको व्यापक विरोध भएपछि उहाँलाई टोलसुधार समितिका व्यक्तिले फोन गरेर गल्ती भयो भन्दै माफी मागे । आफूलाई लक्षण नदेखिएकाले सङ्क्रमित भएको कुनै अनुभव नरहेको
डा. बगालेको भनाइ छ ।

नियमित काम गरेँ
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोशी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेतलाई पनि कोरोना सङ्क्रमण भयो । भदौ १ गते कोरोनाको अप्रत्याशित सङ्क्रमणपछि उहाँ ‘होम आइसोलेसन’मा बस्नुभयोे । बसेको १३औँ दिनको दिन कोरोनालाई परास्त गरेको नेगेटिभ रिपोर्ट प्राप्त गर्नुभयो । कोरोनासँग जुझ्दै उहाँले एकान्तबासवाटै कोभिड अस्पतालमा गर्नुपर्ने नियमित कामहरू ‘स्वाब’ सङ्कलन, एम्बुलेन्स तथा शव वाहनको व्यवस्थापन, कार्यालयको काम निरन्तर गरिरहनुभयो ।
लक्षण देखिँदा चिन्तित भएँ
भरतपुर अस्पताल चितवनका प्रमुख डा.श्रीराम तिवारीलाई पनि केही समयअघि कोरोना सङ्क्रमण भएको थियो । उहाँलगायत ३५ जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा खोकी लाग्ने, गन्ध थाहा नहुने, ज्वरोलगायतका लक्षण देखिएको थियो । यी लक्षण जटिल हुँदै गएपछि उहाँले ‘स्वाब’ परीक्षण गर्न दिनुभएको थियो । लगभग रिपोर्ट पोजेटिभ आउँछ भन्ने सङ्केत लक्षणले दिइसकेको थियो । पोजेटिभ रिपोर्ट आइसकेपछि लक्षण झन् बढ्दै गयो । श्वासप्रश्वासमा समस्याबाहेकका अन्य लक्षण देखिए । सुरुमा त उहाँ डराउनुभयो । ‘आइसोलेसन’मा बसेको १६ दिनदेखि नै टेन्टमुनि बसेर अस्पतालको नियमित काम गर्न थालेको अनुभव उहाँले पनि सुनाउनुभयो । सङ्क्रमित भएका धेरै स्वास्थ्यकर्मीलाई घर छाड्न दबाब दिने, घृणा गर्ने भएपछि स्वास्थ्यकर्मीलाई होटलमै राखेको अनुभव उहाँले सुनाउनुभयो । अन्य दीर्घरोग छैन र आत्मबल भएमा कोरोना जित्न सकिन्छ भन्ने उहाँको भनाइ छ ।

आत्मबलले जितँे
विराट मेडिकल कलेजमा कार्यरत हेल्थ असिस्टेन्ट अञ्जना पोखरेललाई एक महिनाअघि कोरोना पुष्टि भएको थियो । ११ दिनको अस्पताल बसाइपछि कोरोना जितेर उहाँ नियमित काममा फर्किसक्नुभयो हो । उहाँलाई सुरुमा १०३ डिग्रीसम्म ज्वरो आयो । एकसातासम्म त उहाँले घरायसी औषधि सेवन गरेर बस्नुभयो । त्यसपछि मात्र उहाँले पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । धरानस्थित कोभिड अस्पतालमा ११ दिन बस्दा झण्डै आईसीयूमा जानुपर्ने अवस्था आइसकेको थियो । आत्मबलकै कारण उहाँले कोरोना जित्नुभएको हो । सास फेर्न धेरै कठिन हुने रहेछ । आईसीयूमा बसेर औषधि केही हुन्न भन्ने थाहा हुँदाहँुदै आफू आईसीयूमा नगएको बताउनुभयो । उहाँसँगै मोरङमा मात्रै २२ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । उहाँले कोरोना सङ्क्रमितलाई हेर्ने समाजका मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनुभयो । उहाँले यो नर्सको घर हो । यहाँ जानुहँुदैन । कोरोना सर्छ भनेर धेरै मानिसले भनेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?