logo
२०८१ बैशाख ५ बुधवार



अमेरिकासँग समस्या बढेका बेला इरानी विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गर्ने

अन्तर्राष्ट्रिय |


अमेरिकासँग समस्या बढेका बेला इरानी विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गर्ने
तस्विर-फाइल


नयाँ दिल्ली
भदौ २४ गते। अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । उहाँ सो भ्रमणका लागि अर्को हप्ता जानुहुने भएको समाचारमा जनाइएको छ । इरानको तासनिम समाचार समितिले सो समाचार दिएको छ ।

विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जानुहुने भएको सो समाचारमा उल्लेख गरिएको छ ।सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ ।

यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लाग्नुभएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?