logo
२०८० चैत्र १५ बिहीवार



एक करोडभन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ

खुला |


एक करोडभन्दा बढी रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।  कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?