logo
२०८१ बैशाख ८ शनिवार



कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय सिल

प्रदेश |


कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय सिल


सुजल श्रेष्ठ

प्यूठान, साउन २७ गते । एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाको माण्डवी गाउँपालिकाको कार्यालय सिल गरिएको छ ।

गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीलाई कोरोना देखिएपछि आज मङ्गलबारदेखि अनिश्चितकालका लागि गाउँपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशीर रिजालले जानकारी दिनुभयो ।

“सबै जना कर्मचारीसँगै रहेर काम गरेका थियौँ” उहाँले भन्नुभयो, “सङ्क्रमण फैलिन नपाओस् भनेर आजैदेखि कार्यालय बन्द गर्नेगरी सूचना जारी गरिएको छ ।” कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन थालिएको समेत उहाँले बताउनुभयो । स्वाबको अर्को रिपाेर्टको आधारमा कार्यालय खोलिने उहाँको भनाइ छ । 

माण्डवी गाउँपालिकामा हालसम्म ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसअघि सोमबार मात्र जिल्लामा १४ जना सैनिकसहित २३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म ३६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३३७ जना निको भएर घर फकिएको स्वास्थ्य कार्यालय, प्यूठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?