logo
२०८० चैत्र १६ शुक्रवार



अर्थ तथा विकास समितिद्धारा बेंसीसहर–चामे सडक निरीक्षण

प्रदेश |


अर्थ तथा विकास समितिद्धारा बेंसीसहर–चामे सडक निरीक्षण


बेलिना थापा

लमजुङ, साउन २७ गते । गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिका पदाधिकारीले डुम्रे–बेंसीसहर–चामे सडकको अनुगमन तथा निरीक्षण गरेको छ । समितिका सभापति दीपक कोइरालालगायतको टोलीले सडक अन्तर्गत विभिन्न खण्डमा बाढीपहिरोको पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको हो । अनुगमन टोलीले बेंसीसहर नगरपालिका ७ सहजी नजिकैको पुमाखोलामा आएको बाढीले पु¥याएको क्षति, बेंसीसहर नगरपालिका ६ बेलौतीविसौना, खरखरे पहिरो, मस्र्याङदी गाउँपालिका ३ खुदी क्षेत्र, ७ भुलभुले क्षेत्र, वडा नम्बर ४ का घोप्टेभीरमा बाढीपहिरोले गरेको क्षतिको अनुगमन गरेको हो ।

अनुगमन पश्चात गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले छिटो भन्दा छिटो बाढीपहिरोले पारेको समस्या हल गरी बाटो सुचारु गर्न निर्देशन दिने बताउनुभयो । समितिको तर्फबाट प्रदेश सरकारलाई छिटो काम अगाडि बडाउन निर्देशन दिने उहाँले बताउनुभयो ।

लमजुङ र मनाङका नागरिकलाई बाढीपहिरो आउजाउ गर्न समस्या भएकाले यो समस्या समाधान गर्ने जिम्मेवारी प्रदेशको रहेकाले यसका लागि पहल गर्ने बताउनुभयो । ‘बाढीपहिरोले सडक खण्ड क्षतविक्षत बनाएको छ । जताततै खाल्डाखुल्डी छ । कल्भर्ड बगाएको छ । सडकमा बाढी पसेको छ । यसले नागरिकलाई हिँडडुल गर्न गाह्रो छ । हामीपनि सडकको खाल्डाखुल्डी पुर्दै हिँड्न सफल भयौं’ उहाँले भन्नुभयो, ‘दुवै जिल्ला प्रदेश सरकारको कार्यक्षेत्र हो । यहाँका समस्या, नागरिकको समस्या समाधान गर्न हामी लाग्नुपर्छ । यहाँको विजोग अवस्था देखेपछि हाम्रो ध्यानाकार्षण भएको छ ।’

तीन तहको सरकार रहँदा पनि नागरिकका समस्या उस्तै रहेको र विकास निर्माण अघि नबढेको गुनसो आइरहेकाले यसमा सचेत रहेको बताउनुभयो । अवलोकन पछि संसदमा प्रतिबेदन पेश गर्ने र समितिको तर्फबाट सरकारलाई निर्देशन दिएर काम अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेश सभा सदस्य मधुमाया अधिकारीले सडक बनेको दुइ दशक बढी हुँदा पनि स्तरउन्नति हुन नसकेकाले यसका लागि केन्द्रियस्तरसम्म आवाज उठाउँदै आएको बताउनुभयो । सडकखण्डमा बर्षेनी नागरिकले दुःख भोग्नुपर्ने अवस्था रहेको र यसका समाधानका लागि आफुले सक्दो पहल गरेको बताउनुभयो ।

सडकको अनुगमन तथा निरीक्षणमा अर्थ तथा विकास समितिका सभापति कोइरालासहित समितिका सदस्यहरु हरिसशरणआचार्य, डोबाटे विश्वकर्मा, सरिता गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य मधु अधिकारी, जिल्ला समन्वय समिति लमजुङका सभापति लोकराज पाण्डे, बेंसीसहर नगरपापालिका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापा, भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख राम पराजुली, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य नवीनराज कुइँकेल लगायतको टोली पुग्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?