logo
२०८० चैत्र १६ शुक्रवार



शङ्कास्पद बिरामीको सम्पर्कमा आएकालाई स्वाब परीक्षण गराउन मन्त्रालयको अपिल

स्वास्थ्य |
समाज |
फिचर |


शङ्कास्पद बिरामीको सम्पर्कमा आएकालाई स्वाब परीक्षण गराउन मन्त्रालयको अपिल
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको शङ्कास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरूलाई नजिकको स्वाब परीक्षण केन्द्रमा परीक्षण गराउन अपील गरेको छ । काठमाडौँ उपत्यकामा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर वृद्धि भएपछि मन्त्रालयले तोकिएको स्वाब सङ्कलन केन्द्रमा पुगेर परीक्षण गराउन आग्रह गरेको हो । मन्त्रालयले स्वाब परीक्षण गराउन सूचना जारी गरेर अपील गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ उपत्यकाको १४ स्थानमा स्वाब सङ्कलन केन्द्र तोकिएको जानकारी गराउँदै स्वाब परीक्षणमा सहयोग गर्न आग्रह गर्नुभएको हो । सह–प्रवक्ता डा. अधिकारीले बिहान नौ बजेदेखि एक बजेसम्म उक्त अस्पतालहरूमा स्वाब सङ्कलन हुँदै आएको उल्लेख गर्नुभएको छ । सोमबार मात्रै काठमाडौँ उपत्यकामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
मन्त्रालयले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, विर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, विरेन्द्र अस्पतालमा स्वाब सङ्कलन हुँदैआएको जनाएको छ । त्यसैगरी, प्रसूती गृह–थापाथली, स्टार अस्पताल, हयाम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वाब सङ्कलन हुँदैआएको छ । सह–प्रवक्ता समिरकुमार अधिकारीले हब अस्पतालहरू, कोभिड क्लिनिक अस्पतालहरू, कोभिड अस्पताल लेभल १, २ र ३ मा समेत स्वाब सङ्कलन गरिएको जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?