logo
२०८० चैत्र १५ बिहीवार



नासाका अन्तरिक्ष यात्रीहरू सकुशल पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय |


नासाका अन्तरिक्ष यात्रीहरू सकुशल पृथ्वीमा अवतरण


वासिङ्टन, साउन १९ गते । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ ।

अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो ।

यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको थियो । पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पुर्याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।

स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडानजिकको समुद्री क्षेत्रमा प्यारासुटमार्फत अवतरण गरेका थिए ।

अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसनपश्चात् पहिलोपटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी हुनुहुन्थ्यो ।

अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरूले सन्तोष व्यक्त गरेका छन् । लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो ।

दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुग्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिनुभएको छ ।

सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?