logo
२०८१ बैशाख १२ बुधवार



स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय टोली कोरोना प्रभावित क्षेत्रमा पठायाे

स्वास्थ्य |
राष्ट्रिय |


स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय टोली कोरोना प्रभावित क्षेत्रमा पठायाे
तस्विर साभार–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका दिनमा सबैभन्दा बढी प्रभावितमध्ये एक हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाएको जानकारी दिनुभयो । उहाँले टोली प्रदेश २ को वीरगञ्ज पुगेर समन्वयको काम सुरु गरिसकेको बताउनुभयो । उक्त टोलीले नै प्रदेश २ मा सङ्क्रमित बढी भएको अन्य शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित अन्य प्रदेशहरूमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको बताउनुभयो । पछिल्लो समयमा प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक बढ्दो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?