logo
२०८१ बैशाख ७ शुक्रवार



उद्योग अधिकृत घुस रकमसहित पक्राउ

प्रदेश |


उद्योग अधिकृत घुस रकमसहित पक्राउ


बाँके, असार ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत(सातौं) हुकुमबहादुर वलीलाई मङ्गलबार घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले ९६ हजार रुपियाँ घुस रकमसहित वलीलाई पक्राउ गरेको हो । सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार सेवाग्राहीसँग काम गरिदिने भन्दै घुस रकम माग गरेको सूचनाको आधारमा खटिएको सम्पर्क कार्यालयको टोलीले वलीलाई रङ्गेहात पक्राउ गरेको हाे । वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी कार्यालयहरूमा निगरानी बढाएको छ', सम्पर्क कार्यालयका प्रमुख गैरेले भन्नुभयो, 'सुक्ष्मढङ्गले अख्तियारले नियमित कामसँगै अन्य अपरेसन पनि गरिरहेको छ ।' चालु आर्थिक वर्षमा सम्पर्क कार्यालयले सात वटा घटनामा कर्मचारीलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । सम्पर्क कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया र दाङ हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?