logo
२०८० चैत्र १६ शुक्रवार



दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे


सोल
असार २३ गते । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दैगएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ ।
सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरू ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका सङ्क्रमितहरूको सङ्ख्या १३ हजार १८१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ५० जना सङ्क्रमित थपिएका छन् ।
उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति रहेकाे पनि समाचारमा जनाइएको छ । सोमबार एकजनाको यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसमेत गरी यहाँ यस सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या २८५ जना पुगेको बताइएको छ । यहाँका सङ्क्रमितहरू बढीजसो चर्चमा गएका व्यक्तिहरूबाट भएका बताइएको छ ।
निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमित थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरूको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।
तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरूको सङ्ख्या बढ्दैगएको देखिएको छ । दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यसयता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ४० हजार जनाको परीक्षण गरेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?