logo
२०८१ बैशाख ६ बिहीवार



नदीमा डुबेर किशोर बेपत्ता

प्रदेश |


नदीमा डुबेर किशोर बेपत्ता


शेरबहादुर सार्की
बाजुरा असार, २२ गते । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ स्थित बुढीगङ्गा नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा बुढीगङ्गा नगरपालिका वडा नं –२ का ताँप्रा निवासी रामबहादुर थापाका १५ वर्ष छोरा प्रताप थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता बालक बुढीगङ्गा नगरपालिका वडा नं –२ बाट विद्युतको नहर सफा गर्दै बडिमालिका नगरपालिका-६, मनागाडस्थित पावर हाउसमा जाने क्रममा बुढीगङ्गा नदिमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।  उहाँले भन्नुभयो, 'किशोर आज बिहान १० बजेर ३० मिनेटमा नदिमा डुबेर बेपत्ता भएका छन् ।'

बालक बेपत्ता भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टङ्कप्रसाद भट्टराईको नेतृत्वमा गएको १२ जनाको टोली घटनास्थल पुगेर खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?