logo
२०८१ बैशाख १३ बिहीवार



उपत्यकामा १४ सहित थप ३१६ सङ्क्रमित, जम्मा १३ हजार ५६४ पुग्याे

स्वास्थ्य |


उपत्यकामा १४ सहित थप ३१६ सङ्क्रमित, जम्मा १३ हजार ५६४  पुग्याे


उपेश महर्जन

काठमाडौँ, असार १६ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मङ्गलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । याेसँगै एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष सङ्क्रमित सङ्ख्या पुगेकाे छ ।

डिस्चार्ज

देशभर मङ्गलबार थप ६० डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १९८ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर नाै महिला र पुरूष ५१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निकाे भएका छन् ।

यस्तै,  क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा दश हजार ३४१ जना रहेका छन् ।

उपत्यकामा १४ सङ्क्रमित
काठमाडौँ जिल्लामा साथ पुरुष र महिला पाँचसहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।  यसरी उपत्यकामा मङ्गलबार अहिलेसम्मकै बढी सङ्क्रमित थपिएका छन् ।

काेराेना उपचारमा नेपाल

नेपालमा कोरोना भाइरस रोकथामको लागि भएका प्रयास विश्वको लागि उदाहरणीय भएको छ । पत्रकार सम्मेलनमा प्रा.डा. गौतमले नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त कम भएको बताउनुभयो । अमेरिका, बेलायत, जापान, चीनलगायत देशको तुलनामा अत्यन्त कम रहेको जानकारी दिनुभयो । 

यस्तै, उहाँका अनुसार दक्षिण एसियाली मुलकहरूमा प्रतिदशलाखमा भएकाे मृत्युदर बङ्गलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानको तुलनामा कम रहेको छ ।

पीसीआर परीक्षणमा नेपालमा दक्षिण एसियामा अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान, भारतलगायत देशहरूभन्दा धेरै अगाडि रहेकाे उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?