logo
२०८१ बैशाख ८ शनिवार



भारतबाट आई क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु

प्रदेश |


भारतबाट आई क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु


शेरबहादुर सार्की
बाजुरा, जेठ २४ गते । बाजुराको क्वारेन्टाइनमा एक पुरुषको मृत्यु भएको छ । खप्तडछेडेदह गाउँपालिका वडा नं –७ स्थित मष्टा आधारभूत विद्यालय बुडाबाडामा रहेको क्वारेन्टाइनमा छेडेदह गाउँपालिका –७ बुडाबाडाका ६५ वर्षीया एक पुरुषको शनिवार बिहान ८ः३० बजे मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।
मृतक बुढा दमको बिरामी हुनुहुन्थ्यो, हिजो साँझ खाना पनि खानुभएन , एकाएक बिरामले च्यापेपछि उहाँको मृत्यु भएको हो ,खप्तड छेडेदह गाउँपालिका वाड नं –७ का वडा अध्यक्ष खगेन्द्र रावतले भन्नुभयो, “मृतक लामो समय सम्म भारतमा बस्दै आउनु भएका , यति बेला विश्वभर फैलिदै गएको कोरोना भाइरस त्रासका कारण भारतमा गर्दै आएको काम पनि बन्दभएपछि उहाँ यहि जेठ १५ गते झुलाघाट हुँदै नेपालमा आएर १६ गते क्वारेन्टाइनमा बस्नु भएको थियो ”।
मृतकको स्वाब सङ्कलन गरि पीसिआर विधिमा परीक्षणका लागि धनगढी पठाउने र शवलाई आजै व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्वाथ्यकर्मीको टोली घट्ना स्थलमा हिडिसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?