logo
२०८० चैत्र १६ शुक्रवार



म्यानमारबाट आएका २६ नेपाली होल्डिङ सेन्टरमा (फाेटाे फिचरसहित)

फिचर |
पढ्नै पर्ने |


म्यानमारबाट आएका २६ नेपाली होल्डिङ सेन्टरमा (फाेटाे फिचरसहित)
तस्बिर: सुजन गुरूङ्ग / गोरखापत्र


काठमाडौँ, जेठ २३ गते । म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फिरेकालाई आज बसुन्धरामा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

म्यानमारबाट ८.३८ बजे उडेको जहाजमा ११ बजे उहाँहरू काठमाडौँमा उत्रनुभएको त्रिभुवन अन्तरािष्ट्रय विभानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो ।

एमएएच ००३ नम्बरको फ्लाइटको फोकर ७० नामको म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत उहाँहरू स्वदेश फिर्नुभएको हो । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

तस्बिर: सुजन गुरूङ्ग / गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?