logo
२०८१ बैशाख १३ बिहीवार



झापाका सबै स्थानीय तहमा आइसोलेसन वार्ड बनाइँदै

प्रदेश |


झापाका सबै स्थानीय तहमा आइसोलेसन वार्ड बनाइँदै
नेपाल भारतसिमा मेची पुल मुनी नेपाल आउने प्रतिक्षामा नेपालीहरु र भारत जाने प्रतिक्षामा भारतीयहरु


विष्णुप्रसाद पोखरेल
दमक, जेठ २३ गते । झापाका सबै नगरपालिका तथा गाँउपालिकामा आईसाेलेसन वार्डहरू बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि र भारतबाट आउनेको लस्कर लागेपछि यो निर्णय भएको हो ।

भारतमा सार्वजनिक सवारी साधनहरू चल्न शुरु गरेपछि झापाका नाँका भएर नेपालीहरू आउने क्रम बाक्लिएको छ । सयौको सङ्ख्यामा मानिसहरू भित्रन सक्ने भएकाले यसभन्दा अघि नै सबै नगरपालिका र गाँउपालिकामा कम्तीमा पनि एक सय जना अट्ने होल्ड एरिया र क्वारेन्टाइन बनाउन निर्देशन दिए अनुसार त्यो बनेको छ ।

झापाका सबै स्थानीय तहमा आइसोलेसन वार्ड बनाइदै प्रमुख जिल्ला अधिकारी एवम् विपद् व्यवस्थापन समितिका संयोजक उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकले उपयुक्त स्थान छनौट गरेर झापाको १५ वटै स्थानीय तहहरूमा आइसाेलेसन वार्ड व्यवस्था गर्ने निर्णय भएको हो । यसमा स्थानीय तहहरूले व्यवस्थापन गर्नेछन् ।

यसअघि दमकको सरकारी दमक अस्पताल र मेची अञ्चल अस्पतालमा आइसाेलेसन वार्डको व्यवस्था गरिएको छ । दमकबाहेक झापाका स्थानीय तहहरूले शङ्कास्पद कोरोना सङ्क्रमणका बिरामीलाई भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाउँदैआएका थिए । दमकमा भने सरकारी दमक अस्पताल र सामुदायिक आम्दा अस्पतालमा रहेको आयसाेलेसन वार्डमा शङ्कास्पदई राखिँदै आएको छ ।

यसैगरी, सबैभन्दा बढी कोरोना सङ्क्रमण देखिएको झापाको कचनकवल गाँउपालिकामा सेना परिचालन भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि र क्वारेन्टाइनहरूको व्यवस्थापनमा समेत अब नेपाली सेना अग्रसर हुने जनाइएको छ । विपद व्यवस्थापन समितिको बैठकले कचनकवलमा सेना परिचालनको निर्णय गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?