logo
२०८१ बैशाख ११ मंगलवार



काभ्रेका पाँच जनामा कोरोना पुष्टि

फिचर |


काभ्रेका पाँच जनामा  कोरोना पुष्टि
तस्विर–फाइल


मधुसुधन तिमल्सिना
काभ्रे, जेठ २३ गते । काभ्रेपलाञ्चोक जिल्लाका पाँच जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले दिनुभएकाे जानकारी अनुसार आज धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । रोसी गाउँपालिकामा तीन, पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक गरी पाँच जनामा कोरोना सङ्क्रमण भेटिएको हो ।

सङ्क्रमितमध्ये चार भारतबाट आएका हुन् भने एक जना महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएकी थिइन् । सङ्क्रमितमध्ये तीन पुरुष र दुई महिला रहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?