logo
२०८० चैत्र १६ शुक्रवार



तनहुँका थप दुई व्यक्तिमा कोरोना सङ्क्रमण

प्रदेश |


तनहुँका थप दुई व्यक्तिमा कोरोना सङ्क्रमण


अमरराज नहर्की

तनहुँ, जेठ २४ । तनहुँमा थप दुई जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण भएको छ । भारतबाट आएर रिसिङ गाउपालिकाको झापुटारस्थित क्वारेन्टाइनमा रहेका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

उक्त ठाउँका ३९ र ४० वर्षीय २ पुरुष व्यक्तिमा स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

भारतबाट १८ जनाको समुहमा आएकामध्ये दुई जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरूसँगै आएका अन्य व्यक्तिहरूको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित दुवै जना व्यक्तिलाई जीपी कोइराला कोरोना अस्पतालको आइसोलेसनमा राखिने उहाँले जानकारी दिनुभयो । यसअघि पनि रिसिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित दुई जना व्यास नगरपालिका - १ को आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहनुभएको थियो । दुई व्यक्तिमा सङ्क्रमण देखिएपछि तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा. विनोदविन्दु शर्माद्वारा प्रकाशित विज्ञप्तिमा पनि तनहुँको ऋषिङका दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?