logo
२०८१ बैशाख ५ बुधवार



कोरोनाविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी हुनसक्ने

स्वास्थ्य |


कोरोनाविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी हुनसक्ने


सरोज आचार्य

काठमाडौँ, जेठ २० गते । कोरोना भाइरस (कोभिड–१९) जस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् । नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।
कोरोना भाइरसको आक्रमण भएपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उहाँको दाबी छ । डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा ८–१० खालका औषधि प्रयोगमा आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उहाँ बताउनुहुन्छ ।
होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्ति फरक फरक प्रकृतिको रहने हुँदा यो पद्वतीमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्वम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि विरामीको प्रकुति अनुसार ५–६ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियार बताउनुहुन्छ ।
चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले भन्नुभयो, ‘कोरोना भाइरसकै विरुद्धकै औषधि त छैन । किनकी यो नौलो रोग हो तर रोगमा देखिने लक्षण अनुसार भने होमीयोपेथिकमा उपचार हुन्छ । विरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव छ ।’
अहिले सर्वत्र वितरण भइरहेको औषधि रोगप्रतिरोधी क्षमता बढाउने औषधि हो । यस्ता औषधि यसरी जथाभावी वितरण गर्न नहुने राय उहाँको छ । विरामीको आर्सेनिक लक्षणसँग मेल गरेन भने यस्तो औषधिले नकारात्मक असर गर्न सक्ने उहाँ सुुझाउनुुहुुन्छ । आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?