logo
२०८१ बैशाख ४ मंगलवार



थप २२६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १७९८ पुग्यो

स्वास्थ्य |


थप २२६ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १७९८ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १९ गते । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

पुरूष २१३ र महिला १३ जनामा सङ्क्रमित भएका छन् । नेपालमा १६६७ जना पुरुष र १३१ जना महिला सङ्क्रमित भएका छन् ।

दैलेखमा ४१, जुम्लामा १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुमा ४०, रौतहटमा १८, बाँके ७, दाङका ९, धनुषामा ७ ,सिराहामा ५ जना,

उदयपुरका एकजना, महोत्तरीमा २, सर्लाहीका ३८, कैलालीमा १४, कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि

कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी, झापामा २, नवलपरासी पूर्वका २ जना, मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै,  डोटीमा पनि पहिलाे पटक सङ्क्रमण पाइएकाले नेपालका ५९ जिल्लामा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएकाे छ । 

पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी विधिबाट २ हजार ६ सय ४८ वटा परीक्षण भएको उहाँले जानकारी दिनुभयाे ।

हालसम्म पीसीआरबाट कुल ७१ हजार ९ सय ३ र आरडीटीबाट १ लाख १३ हजार ७ सय ५७ वटा परीक्षण भएको छ 

हाल देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टिनमा रहेका छन। देशभर हाल आइसोलेसनमा १ हजार ५६९ जना रहेका छन्।

उहाँका अनुसार देशभर हाल ४७३ जना रेड जोनमा रहेका छन, तीमध्ये थप ३ जना रेड जोनमा परेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?