logo
२०८१ बैशाख १३ बिहीवार



स्वास्थ्य प्रणाली सुधारमा ६ अर्ब, स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब

स्वास्थ्य |


स्वास्थ्य प्रणाली सुधारमा ६ अर्ब, स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब
तस्बिरः सागर बस्नेत/गोरखापत्र


उपेश महर्जन / केशबराज पाैडेल
काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गर्नुभएकाे छ  । उहाँले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधाका लागि ६ अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ  ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को  बजेट पेश गर्नुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब विनियाेजन गरेकाे बताउनुभयाे । 


स्वास्थ्यकर्मीहरूका लागि प्रोत्साहन भत्तास्वरुप  पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ । 

सरकारले यो बर्ष सरकारले रोकथाम, नियन्त्रण, उपचारका लागि स्वास्थ्य क्षेत्रमा सेवा १२ अर्ब ४६ करोडको व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट सार्वजनिक गर्नुभएको छ ।

यो वर्षनै काठमाडौमा तीन सय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरिने र प्रत्येक प्रदेशको राजधानीमा २५० शैयाको अस्पताल बनाउने बताउनुभयो । त्यस्तै उहाँले २७२ स्थानीय तहमा ५ देखि १५सम्मको अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन गरिएको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्यमा बीमा गराउने र ४० प्रतिशत जनतामा बीमाको दायरमा ल्याउन ७ अर्ब ५० करोडकाे व्यवस्था गरिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?