logo
२०८० चैत्र १६ शुक्रवार



अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

खुला |


अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा


मुग्लिन, जेठ १५ गते । अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१२२ नंको ट्रक एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?