logo
२०८० चैत्र १६ शुक्रवार



एकै दिनमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो

स्वास्थ्य |


एकै दिनमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो



गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १४ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा स्ंक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, थप २८ जना डिस्चार्ज हुनुभएको हो । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । अहिलेसम्म ६९९ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेसनमा रहेर उपचार भइरहेकाे छ ।  कुल ४६४ जना रेड जोनमा रहेका छन् भने मृतक सङ्ख्या चार पुगेकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?